Monday, May 3, 2010

-वामदेव गौतमको नेतृत्वमा अध्यक्षलाई ज्ञापन-पत्र प्रेषित गरेकोमा एमालेको धारणा:

२०६७ वैशाख १८ गतेको मितिमा हाम्रो पार्टीका अध्यक्ष कमरेडलाई सम्वोधन गरेर पार्टीका उपाध्यक्ष क। वामदेव गौतम लगायतका कमरेडहरुको नाममा एउटा ज्ञापन-पत्र प्रेषित गरिएको कुराप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।
मुलुक यतिवेला अत्यन्त ठूलो संकटको अवस्थामा छ । संकटको समाधानका लागि नेकपा एमाले नेपाली काँग्रेस र एनेकपा माओवादीवीच वार्ता चलिरहेको छ । सहमतिको दस्तावेज तयार पार्नका लागि तीनवटै पार्टीको संयुक्त कार्यदल निरन्तर लागिरहेको छ र हामीहरु राष्ट्रिय सहमतिमा पुग्न निरन्तर प्रयत्नशील भइरहेका छौं । मुलुकको यो स्थितिको वारेमा हाम्रो पार्टी अत्यन्त चिन्तित र जनताप्रति उत्तरदायी भएर अघि वढिरहेको छ । त्यसको लागि पार्टीले संस्थागत रुपमा निर्णय गरेर समस्या समाधानको लागि प्रयास गरिरहेको छ । यस्तो अवस्थामा आफूलाई लागेका कुनै पनि विचारहरु पार्टीमा राख्ने पार्टीका हरेक नेता र कार्यकर्ताको अधिकार सुरक्षित छ । तर आ-आफ्नै किसिमले वक्तव्य दिने आफ्ना निजी विचारहरु समूहगत रुपमा सार्वजनिक गर्ने साचार माध्यममा ज्ञापन-पत्र बुझाउने जस्ता कि्रयाकलापहरु पार्टीको विधान र प्रकि्रयासँग मेल खाँदैनन् । कुनै पनि नेतालाई जथाभावी वोल्ने अधिकार छैन । त्यसैले क। वामदेव गौतम लगायतका केही कमरेडबाट सार्वजनिक भएको उक्त कुराको भ्रममा नपर्न तथा पार्टीका आधिकारीक निर्णयका आधारमा एकतावद्ध भएर अघि बढ्न पार्टीका सम्पूर्ण नेता कार्यकर्ताहरुमा हार्दिक अपिल गर्न चाहन्छु ।
साथै उक्त कथित ज्ञापन-पत्रको विषयवस्तु र त्यसको प्रकृयामा आफ्नो सहमति नरहेको कुरा क। साहना प्रधान लगायत अधिकांश कमरेडहरुले पार्टीलाई बताइसक्नु भएको पनि जानकारी गराउन चाहन्छु।

युवराज ज्ञवाली सचिव केन्द्रीय सचिवालय (प्रेस विज्ञप्ती, १९ बैशाख २०६७)

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.